सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क र नाफा दुबै बढ्यो

May 03, 2021 03:33 PM Merolagani



सिद्धार्थ इन्स्योरेन्स (SIL) ले बीमाशुल्क र नाफा दुबै बढेको वित्तीय विरवरण प्रकाशित गरेको छ । कम्पनीले खुद बीमाशुल्क २१.२७ प्रतिशतले र नाफा ६.०७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ इन्स्योरेन्सले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६.०७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २१.२७ प्रतिशतले बढेर ७४ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ३२ लाख, बीमा कोषमा ९२ करोड २९ लाख र महाविपत्ती कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको यस अवधि सम्ममा कम्पनीले १ लाख ५० हजार ३५६ वटा बीमालेख बिक्री गरी १ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस अवधिमा कम्पनीले ७ हजार ८४५ वटा दाबी वापत ९५ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।