कोभिडको उपचारका लागि भन्दै बैंकबाट रकम झिक्ने बढे, बैंकका कर्मचारी भन्छन्, ‘यो तीन दिनमा ठूलो भोलुममा रकम झिकियो’

May 04, 2021 08:55 AM merolagani



नागरिकले कोरोना भाइरसको उपचारका लागि भन्दै बैंकबाट ठूलो ‘भोलुम’ मा रकम झिकेका छन् । कोरोना भाइरसको संक्रमण दैनिक ७ हजार माथि पुगेपछि उपचारका लागि भन्दै नागरिकले बैंकबाट ठूलो परिणाममा रकम झिक्न थालेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि मुलुकभरका प्रमुख शहरहरुमा तीन दिनदेखि यता निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपनि कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि उपचार गर्न भन्दै बैंकबाट रकम झिक्न थालेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएपछि सरकारले बैंशाख १६ गते रातीदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछिका तीन दिनमा नागरिकले ठूलो परिणाममा रकम झिकेको कृषि विकास बैंकका चिफ क्रेडिट अफिसर प्रताव सुवेदीले बताए । ‘निषेधाज्ञा लागु भएपछि निक्षेप संकलन भन्दा फिर्ता लिने बढेका छन्,’ उनले भने, ‘निषेधाज्ञा पछिको तीन दिनमा ठूलो भोलुममा रकम झिकिएको छ ।’ तर सुवेदीले बैंकिङ प्रणालीबाट कति रकम झिकियो भन्ने बारेमा भने नेपाल राष्ट्र बैंकलाई मात्र थाहा हुने पनि जानकारी दिए ।  

के कति रकम बैंक तथा वित्तीय संस्थाबाट झिकियो भन्ने एकिन विवरण थाहा पाउन कम्तिमा एक साता लाग्ने नेपाल राष्ट्र बैंकका कर्मचारी बताउँछन् ।

निक्षेप झिक्ने बढेपनि कर्जा लिने भने प्रायः शुन्य रहेको सुवेदीले बताए । कर्जा स्वीकृति गराइसकेका, साँबा तथा ब्याज भुक्तानी गर्नु पर्नेले बैंकबाट ऋण लिएपनि आयोजना निर्माणका लागि भने यस बीचमा कसैले पनि ऋण नलिएको उनकाे भनाइ छ ।

सरकारले कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै पछिल्लो पटक निषेधाज्ञा जारी गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञा लम्बिने संकेत देखिएसँगै बैंकमा नगद झिक्नेको चाप बढ्यो

निषेधाज्ञा लब्बिने संकेत देखिएसँगै औषधि उपचार गर्न र अत्यावश्यक बस्तु खरिद गर्न थालेपछि बैंकमा नगद मागको चाप बढेको छ । जिल्ला प्रशासन कार्यालयहरुले अझै केही साता कठिनको सामना गर्नु पर्ने बताएसँगै बैंकमा नगद माग बढेको हो।

निषेधाज्ञा सुरु हुनुअघि बैंकमा राख्न जानेको चाप बढी थियो भने निषेधाज्ञा लब्बिने संकेत देखिएसँगै अहिले बैंकबाट नगद झिक्ने बढी देखिएको हो ।

निषेधाज्ञा पछिका सुरुका दिन सीमित बैंकिङ सेवा मात्र खुल्ने भएपछि नगद झिक्नेको चाप हुने अनुमान बैंकका कर्मचारीले गरेका थिए । त्यही अनुमान अनुसार नै अहिले नगदको माग बढी रहेको बैंकका कर्मचारीहरु बताउँछन् ।

नागरिकले औषधि उपचारदेखि दैनिक उपभोग्य बस्तु खरिदका लागि इन्टरनेट बैंकिङ, एटिएम र नगद रकम समेत झिकिरहेका छन् । जुनसुकै बेला इन्टरनेट बैंकिङ सेवा, एटिएमबाट जतिवेला पनि खुल्ने तथा भएपनि बैंकबाट नगद झिक्नेको चाप पनि केही दिनयता बढेको बैंकका कर्मचारीहरु बताउँछन् ।

डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारीहरुकाे छाता संगठन नेपाल डेभलपमेन्ट बैंकर्स संघले आज नै एक बिज्ञप्ति जारी गर्दै सकेसम्म डिजिटल प्रविधि नै प्रयोग गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण बैंकका शाखा निकै कम र न्यून कर्मचारीबाट सञ्चालित छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले एक चौथाइ शाखा खोलेर एक चौथाइ कर्मचारी मार्फत सेवा दिन थालिसकेका छन् । धेरैजसो ग्राहक नजिकको बैंक शाखामा पुगेर नगद झिकिरहेका छन् ।

केही बैंकले सबै शाखा कार्यालयको सम्पर्क व्यक्ति तोकेका छन् । उनीहरुको सम्पर्क नम्बर पनि दिएका छन्। ग्राहकले त्यस्ता सम्पर्क व्यक्तिलाई फोन गरेर आफ्नो नजिकको कुन शाखा खुल्छ, कतिबेला खुल्छ र केके सुविधा पाइन्छ भन्ने सुझाव लिने गरेका छन् ।

प्रत्येक शाखाको मूल ढोकामा त्यस शाखाबाट प्रदान हुने सेवाको विवरण लेखेर सूचना टाँसिएको छ । त्यो शाखा नखुल्ने हो भने नजिकको कुन शाखा खुल्छ भन्ने पनि उल्लेख गरिएको छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।