शेयर बजारमा १२ अंकको करेक्सन, काराेबार रकम साढे ७ अर्ब माथि

May 03, 2021 03:43 PM Merolagani



साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से सूचकमा सामान्य करेक्सन देखिएको छ। नेप्से सूचकमा सोमबार १२ अंककाे करेक्सन देखिएकाे हाे। 

यस दिन नेप्से सूचक १२.३६ अंकले घटेर २६५२.७५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा झरेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ। आइतबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको  भएको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद बिक्री भएको छ।

  • पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

सोमबार सात कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, ङादी ग्रुप पावर र सिंगटि हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका ३ वटा उपसमूहमध्ये दुई उपसमूहको सूचक सककारात्मक देखिएका छन भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यता हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको ३.५३ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.३४ प्रतिशत, जानकी फाइनान्सको ३.२७ प्रतिशत र सिन्धु विकास बैंकको २.७२ प्रतिशतले घटेको छ।

सोमबार अपि पावरको सबैभन्दा धेरै ३९ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुर्नविमा कम्पनीको २९ करोड ग्रामिण विकास लघुवित्तको २८ करोड, हिमालयन डिस्टिलरीको २७ करोड र एनसिसि बैंकको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ११३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।