इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज

May 03, 2021 06:06 PM Merolagani

‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।

अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाईल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उदेश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाईल नम्बरलाई इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिनेछ ।

बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ । यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईल बैंकिङ पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाईल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाईलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ ।

बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गरेकाे बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा एकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।