म्युचुअल फण्ड प्रवर्धक कर्मचारीले अब तलबको २० प्रतिशत इकाई लिनै पर्ने, तलब स्वरूप पाएको इकाई तीन वर्षसम्म बेच्न नपाइने

May 05, 2021 04:36 PM Merolagani



भारतीय शेयर बजार नियामक निकाय सेक्युरिटीज बोर्ड अफ इन्डिया(सेवी)ले म्युचुअल फण्डका उच्च अधिकारलाई तलबको २० प्रतिशत इकाई लिनु पर्ने नयाँ नियम अघि सारेको छ।

उसले तलब स्वरूप पाएको उक्त इकाई तीन बर्ष सम्म बेच्न नपाइने गरी लकिङ गर्न समेत निर्देशन दिएको छ। तर अवकाश हुँदै गरेका वा अवकाश पाएका कर्मचारीले भने उक्त इकाई तत्कालै बिक्री गर्न पाउने छन्। उक्त व्यवस्था आउने जुलाई एक तारिखदेखि कार्यान्वयनमा लैजान निर्देशनमा भनेको छ।

फ्रैंकलिन टेंपल्टनका केही उच्च अधिकारीले स्किम बन्द हुनु भन्दा अघि नै आफ्नो लगानी निकालेका थिए। उनीहरूले लगानी निकालेको केही समय पछि नै स्किम बन्द गरिएको थियो। फ्रैंकलिन टेंपल्टनका ६ स्किम गत वर्ष अप्रिलमा बन्द गरिएका थिए।जसमा २५ करोड रुपैयाँ भन्दा बढीको लगानी रहेको थियो। सोही कारण सेवीले यस्तो नियम अघि सारेको जनाएको छ।

जुलाई एक तारिख देखि फण्डका उच्च कर्मचारीहरूले तलब, बोनस लगायत सबैलाई मिलाएर आउने रकमको २० प्रतिशत इकाइको रुपमा ग्रहण गर्नु पर्ने छ। यो नियम कुनै पनि फण्डका उच्च अधिकारीलाई लागु हुने छ। विशेष गरी फण्डका सिइओ, फण्ड म्यानेजर, आइटि का हेड लगायत उक्त स्तरका कर्मचारीमा अनिबार्य गरिएको छ।यति मात्रै होइन कर्मचारीले पाएको इकाइको विवरण फण्डले आफ्नो वेबसाइट मार्फत सार्वजनिक समेत गर्नु पर्ने निर्देशनमा भनिएको छ।  सेवीले दिएका निर्देशनको पूर्ण पालना नभए वा कसैले जालसाझी गर्न खोजे उक्त इकाई सबै जफत हुने समेत निर्देशनमा उल्लेख छ।

सेवीले ल्याएको नयाँ निर्देशनले फण्डका उच्च अधिकारीहरू हैरानीमा परेका छन्। उच्च अधिकारीका अनुसार उक्त निर्देशनले फण्ड सञ्चालनमा समस्या आउने प्रतिक्रिया दिएका छन्।केही अधिकारीका अनुसार कर्मचारीहरूले जुन रकम तलबको रुपमा पाउँछन् त्यसमा कर लगायतको रकमको कट्टी गर्दा ५० देखि ६० प्रतिशत मात्रै हातमा आउने त्यसमा पनि २० प्रतिशत अनिबार्य लगानी गर्नु परेपछि हातमा आउने रकम नै कम हुने छ। यस्तो नियमले कर्मचारीलाई फण्डमा काम गर्नु भन्दा कन्सलट्यान्ट कै रुपमा काम गर्नु बढी लाभदायी हुने छ।

यही दुबिधाका बिचमा केही फण्ड अधिकारीहरूले उक्त नियमको विरोध गर्नु पर्ने बताएका छन्। खागसरि फण्ड म्यानेजरहरू नियामक विरोधमै उत्रिँदैन थिए। तर उक्त नियम आएपछि भने उनीहरू विरोधमा जाने तयारीमा छन्।  




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।