प्राथमिक शेयरमा अनलाइन आवेदन दिने ९५ प्रतिशत पुगे, बन्दाबन्दीमा पनि आइपिओ भर्नेको नयाँ रेकर्ड

May 05, 2021 02:48 PM Merolagani



बन्दाबन्दीमा समेत प्राथमिक शेयरमा आवेदन दिनेको नयाँ रेकर्ड कायम भएको छ। सिइडिबि हाइड्रो पावरले खोलेको प्राथमिक शेयरमा नयाँ रेकर्ड बनेको हो।

मंगलबार बेलुकी पाँच बजेसम्म समय रहेको कम्पनीको आइपिओमा बेलुकी साढे ६ बजे सम्म कुल १७ लाख ३८ हजारले आवेदन दिएका छन्। जुन अहिले सम्मकै सर्वाधिक आवेदन रहेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का प्रवक्ता सुरेश न्यौपानेले बताए। यस अघि रुरु जलविद्युत कम्पनीमा १६ लाख ८३ हजारले आवेदन दिएका थिए। उक्त रेकर्डलाई पछिल्लो निष्कासनको आवेदनलाई ब्रेक गरेको हो।

रेकर्ड मात्रै ब्रेक भएको छैन बन्दा बन्दीका बिच प्राथमिक शेयर भर्ने आवेदकको सङ्ख्यामा कमी आउनुको सट्टा थप वृद्धि भएको छ। रुरु हाइड्रोपावरको निष्कासन भन्दा सिइडिबिको निष्कासनमा ११.८३ प्रतिशतले आवेदक बढेका छन्। जबकि सिइडिबिले सार्वजनिक निष्कासन गर्नु भन्दा अघि नै सरकारले निषेधाज्ञा जारी गरेको थियो। प्राथमिक शेयरमा निषेधाज्ञाको कुनै असर देखिएन। ९५ प्रतिशत लगानीकर्ताले अनलाइनबाट आवेदन दिएका कारण आवेदनमा कुनै असर नपर्नुको साथै नयाँ रेकर्ड समेत बनेको न्यौपानेको भनाइ छ।

सिइडिबिको प्राथमिक शेयरमा दुई अर्ब ६३ करोड ६० हजार साथ सय रुपैयाँ बराबरको दुई करोड ६३ लाख ६० हजार सात सय कित्ताको लागि आवेदन परेको सिडिएससिले जनाएको छ। यस अघि निष्कासन भएको रुरुमा दुई अर्ब ३५ करोड ७१ लाख रुपैयाँ बराबरको दुई करोड ३५ लाख ७१ हजार कित्ताकोलागि आवेदन परेको थियो। जुन रुरु भन्दा ११८३ प्रतिशतले बढी हो। सिइडिबिको निष्कासनमा कुल आवेदनमा १६ लाख ३७ हजार आवेदन अनलाइन मार्फत परेको छ भने वाकी आवेदन बैंक वित्तीय संस्था मार्फत भौतिक परेका हुन्। जुन कुल आवेदनको ९४.२४ प्रतिशत हो।

यस अघि निष्कासन भएको रुरुमा कुल आवेदनमा १४ लाख ८० हजारले अनलाइन मार्फत आवेदन दिएका थिए। जुन कुल आवेदनको ८७.९६ प्रतिशत थियो। रुरु भन्दा १२.०३ प्रतिशतले सिइडिबिमा अनलाइन आवेदन दिने बढेको न्यौपानेको जिकिर छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।