बैंकले धितो प्रयाप्त लिने मात्रमा लिने भएकाले व्यवसायी चुलुम्म डुबेर सडकमा आएपनि बैंक भने महलमा नै बस्ने गरेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले बताउँछन् । ‘बैंकहरुले धितोमा दिएको सम्पत्ति १ सय रुपैयाँ छ भने ८० रुपैयाँ मूल्यांकन गर्छन्,’ उनले भने, ‘८० रुपैयाँलाई पनि बजार मूल्य अनुसार भन्ने गर्छन् । त्यसपछि पनि ज्यादै खराब अबस्था (डिजास्टर) मा जादा कति हुन्छ भनेर मूल्यांकन गर्छन् । त्यसको पनि ५० प्रतिशत ऋण बैंकले दिएका हुन्छन् ।’
त्यो धितोबाट पनि प्रर्याप्त मात्रमा बैंकहरु सुरक्षित बसेका हुन्छन् । त्यती मात्र नभएर व्यक्तिगत जमानीमा पनि बैंकहरुले राखेका हुन्छन् । ऋणीले नदिए जमानीबाट पनि ऋणी सरह ऋण उठाउन पाउने भनेर शर्तहरु राखेका हुन्छन् । यसले गर्दा पनि बैंकहरु सुरक्षित हुने गरेको क्षेत्री बताउँछन् ।
अर्कोतिर, ब्याजको मिटर घुमाउँदा पनि बैंकलाई फाइदा र व्यवसायी समस्यामा पर्दै आएका छन् । बैंकहरुले सुरुमा सस्तो ब्याज ७ देखि ८ प्रतिशतमा ऋण दिने गर्छन् । पछि ब्याजदर बढाएर १४ प्रतिशतसम्म बढाएका प्रशस्त उदाहरण छन् ।
यसले पनि बैंकबाट ऋण लिएर घर, जग्गा, ट्याक्सी वा कार किन्नेले सुरुमा सोचे भन्दा बढी रकम तिर्नुपर्दा उनीहरुको अवस्था बेहाल हुने गरेको छ ।
जहिले पायो त्यतिले बैंकले ब्याजदरको मिटर घुमाउन थालेपछि ६ महिनाअघि राष्ट्र बैंकले स्थिर ब्याजदरको नीति ल्याएको थियो । गत कार्तिक १ गतेबाट लागु भएको घोषणा गरेपनि मिटर घुमाउने बानी परिरहेका बैंकहरुले भने स्थिर ब्याजदर लागु गर्न तयार भएका छैनन् ।
अहिले पनि बैंकहरुले स्थिर ब्याजदर दिन बैंकहरु हिचकिचावट गर्दै आएको राष्ट्र बैंकका एक कर्मचारीले बताए । स्थिर ब्याजदरमा ऋण लिदा बैंकलाई भन्दा व्यवसायीलाई बढी फाइदा हुन्छ ।
बैंकहरुले स्थिर ब्याजदर लिदा महंगो हुने भएकाले त्यस्तो ऋण नलिन व्यवसायीलाई आग्रह गर्दै आएका छन् । बैंकहरुले घर कर्जा २५ वर्षसम्मका लागि दिने गर्छन् ।
त्यसैगरी, सवारी साधन खरिदका लागि ७ वर्षसम्मका लागि ऋण दिने गर्छन् । त्यस्तो कर्जा पनि स्थिर ब्याजदरमा लिदा व्यवसायीलाई फाइदा हुन्छ । तर, बैंकहरुले स्थिर ब्याजदरमा ऋण दिँदा बीच बीचमा ब्याज बढाउन नपाइने भएकाले स्थिर ब्याजदरको पक्षमा उनीहरु देखिदैनन् ।
स्थिर ब्याजदरमा ऋण लिदा व्यवसायी वा कर्मचारीको आम्दानी अहिले जति छ, त्यतिले जति वर्षका लागि ऋण लिएको छ त्यति वर्षका लागि कुनै अतिरिक्त आम्दानी गर्नु पर्ने अवस्था आउँदैन् । तर परिवर्तित ब्याजदरमा ऋण लिदा भने बैंकको ब्याज बढ्दै जादा बढी रकम तिर्नका लागि दबाब पर्ने गर्छ ।
खासगरी घर र निजी सवारी खरिद गर्दा कुल कर्जा रकम र त्यसमा लाग्ने ब्याजलाई जोडेर एकमुष्ट बनाएपछि महिनाले भाग गरेर प्रत्येक महिना कति रकम तिर्ने भनी किस्ताको रकम निर्धारण गरिन्छ । कर्जा रकम र ब्याजसमेत जोडेर हुने कुल रकममा बैंकले बनाउने इएमआई फर्मुलाले हिसाब गरी किस्ता रकम निर्धारण गर्ने प्रचलन छ ।
राष्ट्र बैंकले अवास र निजी प्रयोजनका सवारी साधन खरिद गर्दा आम्दानीको ५० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।
बैंकहरुको पनि पहिलो प्राथमिकता घर र सवारी साधन खरिदमा कर्जा दिने गरेका छन् । घर र सवारी साधन खरिदमा अहिले बैंकहरुले खर्बौ रकम लगानी गरेका छन् । बैंकहरुले दिने कर्जामध्ये सबैभन्दा सजिलो र छिटो दिने कर्जा भनेको नै घर र सवारी साधन किन्न नै हो ।
तर, घर र सवारी साधन किनिसकेपछि ब्याजदर पनि ट्याक्सीको मिटर घुमेजस्तै बैंकले घुमाउने गरेका कारण निश्चित आम्दानी हुनेलाई भने समस्या पर्ने गरेको छ ।
जहिले पायो त्यतिले बैंकले ब्याजदरको मिटर घुमाउन थालेपछि राष्ट्र बैंकले स्थिर ब्याजदरको नीति ल्याएको थियो । त्यो पनि कार्यान्वयन हुन सकेको छैन् ।
सहज स्थितिमा त बैंकले यस्तो गर्छन भने जटिल परिस्थितिमा त बैंकले झनै व्यवसायीलाई दोहन गर्ने नै भए । पछिल्लो समय कोरोना भाइरसले व्यवसायीको आर्थिक अवस्था दयनिय बन्दै गएको छ । यस्तो अवस्थामा पनि बैंकले नाफा त कमाएका नै छन् ।
किस्ता र ब्याज तिर्दा पनि कहिले नसकिने अवस्था आउनु, ब्याजको पनि ब्याज लिनु बैंकका लागि नौलो कुरा होइन् । तर, व्यवसायीका लागि भने यसले अत्यान्त पीडा थप्ने काम गरेको छ ।
सहज स्थितिमा पनि बैंकले व्यवसायीको घाँटी निमोठने काम गरेका छन् अझ अहिलेको जस्तो अष्ठयारो परिस्थितिमा त उद्यमी व्यवसायीलाई बैंकले अष्ठयारो पर्नु स्वभाविकै पनि हो । सहज र असहज जस्तै सुकै परिस्थितिमा पनि बैंकले व्यवसायीलाई मर्कामा पारिरहेका छन र बैंकबाट लिएको ऋणको मिटर घुमाइरहेका छन् ।