एनआईबिएल समृद्धि फण्ड-२ योजना बाँडफाँट, रिजल्ट यसरी हेर्नुहाेस् ।

May 07, 2021 06:07 PM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत निषकाशन भएकाे “एनआईबिएल समृद्धि फण्ड-२” योजना बाँडफाँट भएको छ । शुक्रबार एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको योजना बाँडफाँट भएको हाे ।

१० रुपैयाँ अङ्कित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त इकाईमा माग भन्दा बढी १.२१ गुणा बढी आवेदन गरेको थियो ।

सर्वसाधारण आवेदकहरुबाट (बीजपूँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन मार्फत कुल १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको योजना व्यवस्थापक एनआईविएल एस क्यापिटलले जनाएको छ । त्यस मध्ये २ हजार ५६२ आवेदन रद्ध भएको र रित पूवक आवेदन प्राप्त भएको मध्येबाट पनि ३३ आवेदनबाट पनि दोहोरो आवेदन प्राप्त गरेको अयोग्य ठहरिएको छ ।

१२ करोड इकाईहरु ६४ हजार ४८१ जना योग्य सर्वसाधारणहरुलाई गरी कुल ६४,४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई वितरण भएको छ ।

नतिजा हेर्नका लागि तल उल्लेखित लिंकमा जानुहोस् ।

Link:-https://result.niblcapital.com/#/ipo-result




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।