एनआईबिएल समृद्धि फण्ड-२ योजना बाँडफाँट, रिजल्ट यसरी हेर्नुहाेस् ।

May 07, 2021 06:07 PM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत निषकाशन भएकाे “एनआईबिएल समृद्धि फण्ड-२” योजना बाँडफाँट भएको छ । शुक्रबार एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको योजना बाँडफाँट भएको हाे ।

१० रुपैयाँ अङ्कित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त इकाईमा माग भन्दा बढी १.२१ गुणा बढी आवेदन गरेको थियो ।

सर्वसाधारण आवेदकहरुबाट (बीजपूँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन मार्फत कुल १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको योजना व्यवस्थापक एनआईविएल एस क्यापिटलले जनाएको छ । त्यस मध्ये २ हजार ५६२ आवेदन रद्ध भएको र रित पूवक आवेदन प्राप्त भएको मध्येबाट पनि ३३ आवेदनबाट पनि दोहोरो आवेदन प्राप्त गरेको अयोग्य ठहरिएको छ ।

१२ करोड इकाईहरु ६४ हजार ४८१ जना योग्य सर्वसाधारणहरुलाई गरी कुल ६४,४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई वितरण भएको छ ।

नतिजा हेर्नका लागि तल उल्लेखित लिंकमा जानुहोस् ।

Link:-https://result.niblcapital.com/#/ipo-result




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।