जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

May 07, 2021 07:30 PM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी (GIC) को तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको संचालक समितिको बैहाख २४ गते बसेको बैठकले साधारण सभा स्थगित गर्ने निणर्य गरेको हो ।

कम्पनीले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ ।

कम्पनीले २०७८ बैशाख २६ गतेका दिन साधारण सभाआह्वान गरेको थियो ।

कम्पनीले अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको जनाएको छ ।

बार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ ।

विशम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।