शनिबार नेपालमा ८,४१८ जना कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या ५३

May 08, 2021 05:46 PM Merolagani



शनिबार नेपालमा आठ हजार ४१८ जना कोरोना संक्रमित थपिएका छन् । विगत २४ घण्टामा देशभरमा भएको १८ हजार ३०४ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १७ हजार ३१५ आरटि पीसीआर परीक्षण र ९८९ एन्टिजेन परीक्षण भएको थियो ।

यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३ रहेको छ । हालसम्म देशमा कुल तीन हजार ३३२ जना संक्रमितको निधन भइसकेको छ ।

सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने तीन हजार ३७० रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख ८५ हजार ८९० र संक्रमण जित्नेको संख्या दुई लाख ९८ हजार ७६५ रहेको छ ।

आज काठमाडौंमा दुई हजार २७० जना, ललितपुरमा ४६२ जना र भक्तपुरमा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन तीन हजार८३ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाल क्वारेन्टिनमा ३९८ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे ३० देखि ३९ वर्षसम्मका दुई हजार २५ जना र २० देखि २९ वर्षभित्रका एक हजार ९२० जना रहेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।