राधीकाे लाभांश प्रस्ताव, कति दिँदैछ बाेनस?

May 17, 2021 10:22 AM Merolagani

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हाे।

उक्त बोनस शेयर कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

बाेनस शेयर वितरण पछि कम्पनीकाे चुक्ता पूँजी ६४ कराेड ६३ लाख रूपैयाँ पुग्नेछ।

comments powered by Disqus

शेयर बजार बढेको बेला पत्याउनै नसक्ने कम्पनीले पनि शेयर जारी गर्न तम्सिएर ‘छक्क’ पार्दै

Jul 29, 2021 05:52 PM

शेयर बजारको बृद्धिसँगै सर्वसाधारण नागरिकलाई शेयर जारी गर्न तम्सिने कम्पनी पनि बढ्न थालेका छन् । नेप्सेले दैनिक रुपमा नयाँ इतिहास रच्दै उच्च विन्दुमा पुगेपछि सर्वसाधारणलाई शेयर जारी गर्ने कम्पनी पनि बढी देखिन थालेका हुन् ।