लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले?

May 17, 2021 11:39 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले जेठ २८ गते भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे १६ औं वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश गरि १० प्रतिशत लाभांश पारित गर्नेछ।

यस्तै कम्पनीले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु माथि छलफल गरि पारित गर्ने तयारी पनि गरेको छ।

बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ।

पूँजी वृद्धि हुने भएपनि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्ने भएकाे छ। त्यस अनुसार जेठ १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।