नागरिक लगानी कोषको अधिकांश सूचकमा सुधार, प्रतिशेयर आम्दानी कति?

May 18, 2021 08:00 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.०४ प्रतिशत बढी हो। आम्दानीको तुलनामा कोषको खर्च न्यून दरमा बढेपछि खुद नाफामा सुधार देखिएको हो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ४०.५७ प्रतिशत बढेको छ भने कुल खर्च १.९६ प्रतिशत मात्र बढेको छ।

समीक्षा अवधिमा कोषको चुक्ता पूँजी १२३.०८ प्रतिशत बढेर ३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, कोषको जगेडा कोषको आधार ८३.०३ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि चुक्ता पूँजी अधिक बढाउँदा कोषको प्रतिशेयर आम्दानीमा भने दबाब परेको छ। समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा घटेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ५२ रुपैयाँ घटेको छ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।