नयाँ उचाइमा पुगेको नेप्से, यस साता के होला?

May 23, 2021 07:48 AM Merolagani



गत साता नेप्से परिसूचक नयाँ उचाइमा पुगेको थियो। साताको तेस्रो कारोबार दिन नेप्सेले अघिल्लो अलटाइम हाइ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको थियो।

गत मंगलबार नेप्से २७९३.९० विन्दुमा बन्द भएको थियो। यद्यपि, त्यसपछिको दिनमा नेप्से ओरालो लागेको थियो। साताको अन्तिम कारोबार दिन भने नेप्से, ६.३७ अंक बढेर २७८७.१९ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २६५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साताको मैनबत्ती हेर्ने हो भने अघिल्ला दिनहरुमा खरिदकर्ताहरु हाबी भएको देखिन्छन् भने अन्तिम दिनहरु बिक्रीकर्ताहरु हाबी हुन थालेको देखिन्छ।

गत साता नेप्सेसँगै भोल्यूममा पनि सुधार भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १० अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४७.६४ प्रतिशत बढी हो।

फाइनान्स उपसमूह

गत साता फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक १४.८८ प्रतिशत बढेको थियो। अघिल्लो साता १३४६.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २००.४५ अंक बढेर १५४७.४० विन्दुमा बन्द भएको थियो।

यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १६५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १४०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)
विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।