अब सरकारी र इन्टरनेट सेवाप्रदायकका गाडी दिउँसो चलाउन नपाइने, यस्तो तोकियो नियम

May 25, 2021 06:19 PM merolagani



काठाडौं उपत्यकामा अब दिउसो सरकारी गाडी समेत चलाउन नपाइने भएको छ । काठमाडौंका तीन जिल्ला प्रशासन कार्यालयले भीडभाड बढेको भन्दै यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

त्यसैगरी अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने भएका छन् भने निमार्ण कार्यका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।