हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन

May 27, 2021 07:58 AM Merolagani



जेठ १३ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन जनरल इन्स्योरेन्स (HGI) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७४४ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात गत मंगलबारको अन्तिम कारोबार मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ २८ गते २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे, इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ।

यस्तै, कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौछ गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।