दुई इन्स्योरेन्सको मूल्य समायोजन

May 28, 2021 09:10 AM Merolagani



जेठ १४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७९१ तोकिएको छ।

त्यसैगरी, नेप्सेले सिद्धार्थ इन्स्योरेन्स (SIL) को १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार २०५ रुपैयाँ कायम गरिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। बिहीबार लुम्बिनीको शेयर प्रतिकित्ता ८३१ रुपैयाँमा र सिद्धार्थको प्रतिकित्ता १ हजार ३५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित जेठ २८ गते भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे १६ औं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश गरि १० प्रतिशत लाभांश पारित गर्नेछ।

यस्तै कम्पनीले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु माथि छलफल गरि पारित गर्ने तयारी पनि गरेको छ।

बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले लाभांश पारित जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा भर्चुअल माध्यमबाट १९ औं वार्षिक साधारण सभा बोलाएको।

साधारण सभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।