बजेटले छुट्यायो अल्पकालीन र दीर्घकालीन लगानीकर्ता, एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर

May 29, 2021 08:35 PM Merolagani



आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ। बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।

बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।