बजेटले छुट्यायो अल्पकालीन र दीर्घकालीन लगानीकर्ता, एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर

May 29, 2021 08:35 PM Merolagani



आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ। बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।

बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।