हेनरी फर्डले सन् १९१३ मा पहिलो उत्पादन शुरु गरेसँगै शुरु भएको ठूलो मोटरिंग क्रान्तिको अहिले हामी मध्यमा छौँ। र यो तपाईले कल्पना गर्नुभएको भन्दा चाँडै हुने देखिन्छ।
धेरै उद्योग विश्लेषकहरु विश्वास गर्छन् कि हामी त्यस विन्दुमा पुगिसकेका छौँ कि जहाँ विद्युतीय सवारी साधनहरुले निकै तिव्र गतिमा पेट्रोल र डिजेल कारहरुलाई विस्थापित गर्नेछ।
विश्वका ठूला कार निर्माताहरु पनि यस्तै नै सोच्छन्।
जगुआरले सन् २०२५ देखि विद्युतीय कार बिक्री गर्ने योजनामा छ भने भोल्भो २०३० देखि। त्यस्तै, ब्रिटिस स्पोर्टस् कार कम्पनी लोटसले सन् २०२८ देखि विद्युतीय मोडल बिक्री गर्ने बताएको छ। र यो यतिमा मात्रै सीमित छैन।
जनरल मोटर्सले सन् २०३५ देखि मात्र विद्युतीय सवारी साधन बनाउने बताएको छ, फोर्डले सन् २०३० सम्ममा यूरोपमा बिक्री हुने सबै सवारी साधन विद्युतीय हुने बताएको छ र भिडब्लूले २०३० सम्ममा आफ्नो बिक्रीको ७० प्रतिशत विद्युतीय हुने बताएको छ।
यो कुनै सनक होइन, यो ग्रीनवाशिंग होइन।
विश्वका विभिन्न सरकारहरुले पेट्रोल तथा डिजेल सवारी साधन बिक्रीमा रोक लगाउन गरिरहेको तयारीले यस प्रक्रियालाई बढावा दिन्छ। तर, जुन कुराले आन्तरिक दहन इन्जिनको अन्त्यलाई अपरिहार्य बनाउछ, त्यो प्राविधिक क्रान्ति हो।
यो क्रान्ति विद्युतीय हुनेछ।
इन्टरनेटमा हेर्नुहोस्। विद्युतीय सवारीको बजार त्यहाँ छ जहाँ सन् १९९० दशकको अन्त्य र २००० दशकको शुरुवातमा इन्टरनेट थियो। त्यसपछि, कम्प्यूटरबाट एक अर्कासँग कुरा गर्न पाएसँगै यस नयाँ कुराले ठूला हलचल ल्यायो।
जेफ बेजोरले एमेजन स्थापना गरे र गुगल अल्ताविस्टा, आस्क जीब्स र याहूको लाइकबाट अघि बढ्न शुरु गरिरहेको छ। यसमा संलग्न केही कम्पनीहरुले आई पपिङ्ग भ्यालुएसन गरिरहेका छन्।
ती व्यक्तिहरु जसले अहिलेसम्म लग अन गरेका छैनन्, उनीहरुका लागि यो रमाइलो र उत्साहजनक हुनसक्छ कि कम्प्यूटरबाट कुरा गर्नु कति उपयोगी छ? हामीसँग फोन छ।
तर, अन्य सफल नयाँ प्रविधिजस्तै इन्टरनेटले विश्वमा प्रभुत्व जमाउन एक सिधा बाटो अपनाएको होइन। यो, हामीलाई आगामी दिनको योजना बनाउन समय दिँदै विस्तारै उदाएको होइन।
यसको वृद्धि विस्फोटक थियो, जसले सञ्चालनमा रहेका अन्य व्यवसायहरुलाई किल्चिदियो र हामीले गर्ने प्रायः हरेक जसो कुरालाई परिवर्तन गर्यो। र यसले प्राविधिकहरुमाझ चिनिने चिरपरिचित प्यार्टन – एस कर्भ पछ्यायो।
इन्टेरनेट एस कर्भलाई बुझ्दा
वास्तवमा यो लामो एस हो।
यसको अवधारणा यो हो कि नविनता विस्तारै शुरु भयो, जसलाई निकै कम भन्दा कम मानिसहरुको रुचिमा सीमित भयो। विद्युती सवारीहरु अहिले एसको साँघुरो स्लोपको पुछारमा छ।
इन्टरनेटको लागि, ग्राफ १९६९ अक्टोबर २९ को राति साढे १० बजे शुरु भएको थियो। त्यो यस्तो समय थियो, जब लस एन्जल्सको युनिभर्सिटी अफ क्यालिफोर्नियामा रहेको कम्प्यूटरले सयौँ मिल टाढा रहेको स्ट्यानफोर्ड युनिभर्सिटीमा रहेको कम्प्यूटरसँग सम्पर्क बनाएको थियो।
खोजकर्ताहरुले पहिला ‘एल’, त्यसपछि ‘ओ’ र त्यसपछि ‘जी’ टाइप गरेका थिए। उनीहरुले ‘लगइन’ पुरा गर्नुभन्दा अघि सिस्टम क्र्यास भयो।
त्यसको एक दशकपछि पनि कही सय कम्प्यूटरहरु मात्र नेटवर्कमा थिए तर, परिवर्तनको गति भने बढीरहेको थियो। १९९० को दशकमा थप केही प्रविधि–प्रेमीहरुले पर्सनल कम्प्यूटर खरिद गर्न शुरु गरे। बजार बढेसँगै, मूल्य तिव्र गतिमा घट्न थाल्यो र प्रदर्शनमा सुधार हुन थाल्यो जसले धेरैभन्दा धेरै मानिसहरुलाई इन्टरनेटमा संलग्न गराउन हौसायो।
यहाँ एस उछालको शुरुवात हो, वृद्धि अनिवार्य भइरहेको छ। सन् १९९५ सम्ममा १६ मिलियन मानिसहरु अनलाइन थिए। र २००१ सम्ममा ५१३ मिलियन मानिसहरु।
अहिले ३ बिलियनभन्दा बढी भइसकेको छ। त्यसपछि के हुन्छ भने हाम्रो एस तेर्सो रेखातर्फ ढल्किन थाल्छ। वृद्धिको दर सुस्ताउन थाल्नेछ किनेभने जो मानिस चाहन्छन्, उनीहरु अहिले अनलाइन छन्।
हामीले स्मार्टफोन, फोटोग्राफि र एन्टीबायोटिक्स जस्ता परिपक्व बजारहरुको शुरुवात, वृद्धि र सुस्ततामा पनि यस्तै प्याटर्न देखेका छौँ।
शताब्दी परिवर्तनको अन्त्यतिर इन्टर्नल कम्बसन इन्जिनले पनि सोही बाटो पछ्याएको छ। त्यसैगरी, स्टिम इन्जिन र प्रिन्टिङ्ग प्रेशमा पनि त्यस्तै भएको थियो र विद्युतीय सवारीले पनि त्यस्तै गर्नेछ।
वास्तवमा, उनीहरुसँग इन्टरनेटको तुलनामा अधिक सम्मानित वंश छ। पहिलो विद्युतीय कार स्कटिस अन्वेशक रोबर्ट एण्डेरसनले सन् १८३० को दशकमा विकास गरेका थिए। तर, यो प्रविधि प्रतिस्पर्धी बनाउन जुनसुकै मूल्यमा उपलब्ध हुन थालेको केही वर्ष मात्र भयो।
कति छिटो हुनेछ?
जवाफ हो एकदमै छिटो। १९९० तिर इन्टरनेट भएजस्तै, विद्युतीय कारको बजार पनि तिव्र गतिमा बढीरहेको छ। यस्ता कारहरुको विश्व व्यापार २०२० पनि झन् बढेको छ। कोरोना भाइरस महामारीमा अन्य कारहरुको बिक्री घटेको बेला यसको बिक्री ४३ प्रतिशत बढेर ३.२ मिलियन पुग्यो।
यो कुल कार बिक्रीको ५ प्रतिशत मात्र हो, तर यसले देखाउँछ कि हामी एस को त्यो भिरालो क्षेत्रमा प्रवेश गरिसकेका छौँ। लगानी बैंक, युबीएसका अनुसार, २०२५ सम्ममा विश्वभरमा बिक्री भएका कारहरुमध्ये विद्युतीको हिस्सा २० प्रतिशत हुनेछ। त्यसैगरी, २०३० सम्ममा ४० प्रतिशत हुनेछ भने २०४० सम्ममा बिक्री भएका सबै नयाँ कारहरु विद्युतीय हुने युबीएस बताउँछन्।
जब केही कुरा हामी धेरै बनाउँछौँ, हामी त्यो बनाउनमा निपुण हुँदै जान्छौँ र त्यो बनाउन सस्तो हुँदै जान्छ। त्यसैले, कम्प्यूटर, किचेनका सामाग्रीहरु र पेट्रोल तथा डिजेल कारहरु पनि सुपथ मूल्यमा पाइन थालेको।
सोही कारण ब्याट्रीहरुको मूल्य घट्न थालेका र त्यसका कारण विद्युतीय कारहरुको।
हामी अहिले उच्च विन्दुमा छौँ, क्यालिफोर्नियाको सिंगुलारिटी युनिभर्सिटीका उर्जा तथा वातावरणका उपाध्यक्ष रामेज नामले बताए। जब पेट्रोल तथा डिजेल सवारी साधनको तुलनामा विद्युतीय सवारीको मूल्य घटेसँगै खेल माथि जानेछ।
त्यस्तै विश्वास गर्छन् टेस्लाका टेक्नो किंग एलन मस्क। गत महिना उनी लगानीकर्ताहरुलाई मोडल ३ विश्वमा सबैभन्दा राम्रो बिक्री भएको सेडान कार भएको बताएका थिए र नयाँ, सस्तो मोडल वाई, सबै कारमध्ये बेष्ट सेलिङ्ग कार हुने अनुमान गरिएको बताउँदै थिए। ‘हामीले विद्युतीय सवारी प्रति ग्राहकहरुको धारणा परिवर्तन भएको देखेका छौँ र हामीले देखेसम्म हाम्रो माग सबैभन्दा राम्रो छ,’ एक भेटमा एलन मस्कले बताएका थिए।
विद्युतीय सवारीले पेट्रोल र डिजेल प्रतिद्वन्दिहरुलाई हटाउनुभन्दा अघि केही कार्यहरु गर्न बाँकी छ। सबैभन्दा महत्वपूर्ण, सबैजना आफैले सजिलै र सस्तोमा कार चार्ज गर्न सक्ने हुनुपर्छ। यसका लागि काम र लगानी दुबै आवश्यक पर्छ, र यो हुन्छ, जसरी शताब्दीअघि पेट्रोल स्टेशनहरुको ठूलो नेटवर्क फैलिएको थियो। (बीबीसीबाट अनुवादित)