उपत्यकामा थप १० दिन निषेधाज्ञा, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र निर्माण सामाग्री दुवानी सञ्चालन गर्न दिइने

Jun 02, 2021 03:24 PM merolagani



काठमाडौं उपत्यका थप १० दिन निषेधाज्ञा लम्बिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेका हुन् ।

अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने किाठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनकारी दिए ।

अब ३१ गतेसम्म रहने लकडाउनमा भने उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय भएको सिडिओ पराजुलीको भनाई छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

त्यसैगरी जिल्ला प्रशासनले सार्वजनिक निर्माण कार्यलाई खुल्ला गर्ने भएको छ । खासगरी रातको समयमा मात्रै निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरिएको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।