आफ्नो व्यवसायलाई एमेजन जस्तो बनाउन सिकाउने पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश

Jun 02, 2021 06:37 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकको सारंश प्रस्तुत गर्ने क्रममा आज हामीले स्टिभ एन्डेरसनद्वारा लिखित पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश लिएर उपस्थित भएका छौँ।

बिक्रीमा सबैभन्दा छिटो १०० बिलियन डलर पुग्ने कम्पनी हो एमेजन र उनीहरु आफ्नो कम्फर्ट जोनमा बसेर त्यो कोशेढुङ्गामा पुगेका होइनन्। एमेजनको विकासको ढोका खोल्ने चाबी थियो–जोखिम लिनु। तर, त्यो जोखिम, जानिबुझि, गणना गरिएको र रणनीतिक थियो र हो।

चर्चित वैज्ञानिक थोमस एडिसन भन्थे, ‘म असफल भएको होइन। मैले १० हजार त्यस्ता तरिकाहरु पत्ता लगाए, जसले कार्य गर्दैन। र एमेजनका संस्थापक जेफ बेजोसले जहिले पनि प्रयोग र असफलतालाई विकास र सफलतासँग जोडेका छन्।

तर, आफ्नो फाइदाको लागि कसरी प्रयोग गर्ने थाहा छैन भने, ‘जोखिम लिनु’ महँगो (भयानक पनि) हुनसक्छ। भाग्यवश, बेजोरले हरेक व्यवसायीलाई उनले पछिल्लो २० वर्षदेखि हरेक वर्ष शेयरधनीहरुलाई लेखेको एक लेटर (चिठ्ठी) मार्फत एमेजन कसरी विकास भयो भन्ने नाक्सा प्रदान गरेको छ।

पहिलो पटक, प्रविधि र जोखिम विशेषज्ञ स्टिभ एन्डेरसनले यी चिठ्ठीहरुलाई केलाएर एमेजनलाई भव्य सफल बनाउने बेजोसले अनुशरण गरेका १४ वृद्धि सिद्धान्तहरुलाई बाहिर ल्याएको छ।
अहिले व्यवसायी, नेता, सिईओ, कर्मचारी र म्यानेजसहरुले आफ्नो व्यवसायलाई बढाउनका लागि, अझ उत्पादनमूलक, चलायमान, र छिटो सफल बनाउनका लागि यी सिद्धान्तहरुको प्रयोग गर्न सक्छन्।

सन् १९९० तिर जब इन्टरनेटलाई एमेजनका संस्थापक आफैले वल्र्ड वाइड वेट भन्थे, त्यतिखेर बेजोसले आफ्नो जागिर छोडे र आफ्ना मातापितासँग ३ लाख डलर सापटी लिएर एमेजन स्थापना गरे। आज एमेजनले विश्व ई–कमर्शमा प्रभुत्व जमाएको छ र इको र एलेक्जाजस्ता उपकरणहरुमा इन्टरनेट जडान भएसँगै आर्टिफिसियल इन्टेलिजेन्समा निरन्तर छलाङ्ग मारिरहेको छ। एमेजनले डाइनामिक इन्भेन्सन र इनोभेसनमा माइक्रोसफ्ट र एप्पललाई पनि पछ्याउन बाध्य गराउँदै नेतृत्व गरिरहेको छ।

‘द बेजोस लेटर्स’मा, स्टिभले, पछिल्ला १ दशकमा एमेजनको विकासका जराहरु व्याख्या गरेका छन्। तपाई बिजनेशमा चाहे १० मिनेटदेखि हुनुहुन्छ या १० वर्षदेखि, तपाई बेजोसले एउटा साना अनलाइन किताबपसललाई बिलियनऔँ व्यवसाय बनाए भन्ने सिक्न सक्नुहुन्छ।

बेजोसले झिनो आशामा एमेजन शुरु गरेका थिए।

जब एमेजन शुरु हुँदै थियो, तब अनलाइन बुकस्टोर के हो भन्ने कसैलाई थाहा थिएन। सन् १९९७ सम्ममा पनि, अधिकांश मानिसहरुको घरमा इन्टरनेटको पहुँच थिएन। थियो भने पनि त्यो डायल अप थियो। त्यस वर्ष बेजोस आफैले इन्टरनेटलाई वल्र्ड बाइड वेट भनेका थिए। त्यतिखेर क्लाउड कम्प्यूटिङ्ग जस्तो कुनै कुरा थिएन। सबैको रोजाइको ब्राउजर नेटस्केप थियो, र डिभिडिहरु बल्ल प्रयोगमा आएका थिए, किनभने लाइभ स्ट्रिमिङ्ग अझै २० वर्ष पछि थियो। बजेस भन्छन्,

‘कम्पनीको अवधारण १९९४ को वसन्तमा आएको थियो। त्यो बेलादेखि यही सोच्दै थिएँ कि वर्षेनी २३०० प्रतिशत वेब प्रयोग बढेको छ। मैले यो याद राख्नुपर्छ कि मानिसहरु एक्पोनेन्सियल ग्रोथ बुझ्नमा राम्रा छैनन्। यो हामीले दैनिक जीवनमा देख्ने जस्तो होइन। तर, कुनै पनि चिज यति चाँडो बढ्दैन।

र जब मैले यो देखेँ, मैले हस् भनेँ, त्यस्तो विजनेस प्लान के हुन सक्छ जुन त्यो वृद्धिसँग मेल खान सक्छ? मैले त्यस्ता २० उत्पादनहरुको सूची बनाए जसलाई अनलाइनबाट बिक्री गर्न सकियोस्। म पहिलो बेस्ट प्रडक्ट खोजीरहेको थिएँ।

र मैले धेरै कारणहरुले पुस्तक रोजेँ। तर एउटा प्राथमिक कारण, र त्यो हो अन्य वर्गहरुमा भन्दा बुकस्पेसमा धेरै आइटमहरु थियो। विश्वभरमा विभिन्न भाषाहरुमा ३० मिलियन फरक फरक पुस्तकहरु छन्। त्यस्तै वर्गको दोस्रो प्रडक्ट थियो संगित।

र जब तपाईसँग प्रडक्टहरुको ठूलो क्याटलग हुन्छ, तपाई अनलाइनमा त्यो बनाउन सक्नुहुन्छ जुन अन्य तरिकाबाट बनाउन सक्नुहन्न। सबैभन्दा ठूलो भौतिक पुस्तकपसल र सबैभन्दा ठूलो पसलले १ लाख ७५ हजार शीर्षक समेट्न सक्छ। त्यति ठूलो निकै कम छ।’

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।