एशियन लाइफले निषेधाज्ञा अवधिभर नविकरण शुल्कमा व्याज छुट दिने

Jun 04, 2021 01:08 PM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा जारी भएदेखिको नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।

कोभिड १९ महामारीको कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेकाहरुलाई छुट दिने भएको छ ।

कम्पनीले बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज अर्को सूचना जारी नभएसम्मको लागि छुट दिने जनाएको छ ।

यस्तै कम्पनीले बीमाशुल्क अनलाइन मार्फत ई सेवा, फोनपे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।