एशियन लाइफले निषेधाज्ञा अवधिभर नविकरण शुल्कमा व्याज छुट दिने

Jun 04, 2021 01:08 PM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा जारी भएदेखिको नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।

कोभिड १९ महामारीको कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेकाहरुलाई छुट दिने भएको छ ।

कम्पनीले बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज अर्को सूचना जारी नभएसम्मको लागि छुट दिने जनाएको छ ।

यस्तै कम्पनीले बीमाशुल्क अनलाइन मार्फत ई सेवा, फोनपे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।