युनिलिभरबाट खोसियो सबैभन्दा महँगो शेयरको ताज, कुन कम्पनीले उछिन्याे? किन बढ्याे त्यसकाे मूल्य?

Jun 05, 2021 06:02 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा २२० बढी कम्पनीहरु सूचिकृत छन्। जुन फरक फरक मूल्यमा काराेबार भइराखेका छन्। विगत एक वर्षदेखि बढ्दो गतिमा रहेको बजारमा सूचीकृत अधिकांश कम्पनीको शेयरमूल्यमा समेत वृद्धि भएको छ।

कम्पनीको प्रगती र शेयरधनीलाई वितरण गर्ने प्रतिफलको आधारमा दास्रो बजारमा शेयरको माग र त्यसको आधारमा शेयरमूल्य निधारर्ण हुने गर्दछ। हाल नेपाली शेयर बजारमा प्रतिकित्ता न्यूनतम दुई सय रुपैयाँदेखि अधिकतम करिब २५ हजार रुपैयाँसम्मका शेयर कारोबार हुने गरेका छन्।

वर्षैसम्म दोस्रो बजारमा सबैभन्दा धेरै मूल्यमा कारोबार हुँदै आएको युनिलिभर नेपालको मूल्यमा संकुचन भएर दोस्रोमा परेको छ। राष्ट्रिय बीमा कम्पनीले युनिलिभरलाई उछिन्दै र्शीष स्थानमा पुगेको छ। जेठ २० गते बिहीबारको कारोबार अनुसार राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३ हजार रुपैयाँ कायम भएको छ भने युनिलिभरको शेयर मूल्य प्रतिकित्ता करिब २० हजार रुपैयाँको हाराहारीमा कारोबार भएर बन्द भएको छ।

 

शेयरमूल्य किन बढ्छ यसरी?

दोस्रो बजारमा शेयर मूल्य माग र आपुर्तिले निर्धारण गर्ने सरोकारवालाहरुको भनाई छ। बजारमा जुन कम्पनीको शेयर सबैभन्दा धेरै माग हुन्छ, त्यसै कम्पनीको शेयरको मूल्य उच्च हुने उनीहरुको बुझाई छ।

साधारणतय कम्पनीहरुको प्रतिफल दिनसक्ने क्षमता अनुसार बजारमा माग र आपूर्ति निर्धारण हुने आम लगानीकर्ताहरुको बुझाई छ। राष्ट्रिय बीमा कम्पनी र युनिलिभरको सन्दर्भमा राम्रो प्रतिफलसँगै शेयरधनीमा होल्ड गर्न सक्ने क्षमतावान लगानीकर्ता भएको कारणले पनि शेयरमूल्य उच्च भएको लगानीकर्ता एस.पी चौलागाईले बताए।

यस्ता कम्पनीहरुले गरेको आम्दानी जति सबै रिजर्भ कोषमा जम्मा भएकाे र शेयरको माग धेरै तथा आपूर्ति कम भएकाले शेयरमूल्य धेरै हुने गरेको उनको भनाई छ। चौलागाईले भने, 'युनिलिभर नेपालले आफ्ना शेयरधनीलाई वर्षेनी आकर्षक लाभांश वितरण गर्ने गरेको छ। पछिल्लो समय राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य बढ्नुमा वर्षैदेखि लाभांश वितरण नगरेको र अब लाभांश वितरण हुँदा ठूलो मात्रामा हुनसक्ने भएकाले मूल्यमा उच्च वृद्धि भएको हुनसक्ने चौलागाईको अनुमान छ।

राष्ट्रिय बीमा कम्पनीले लाभांश वितरण नगरेको भएतापनि सम्पत्ति धेरै र सरकारी स्वामित्व संस्थान अन्तर्गतको कम्पनी भएकाले लिक्विडेसनमा गयो भने पनि लगानीकर्ताको लगानी डुब्नसक्ने सम्भावना अत्यन्त न्यून रहेको हुँदा लगानीकर्ताहरु लामो अवधिको लागि यस्ता कम्पनीको छनोट गर्ने उनको बुझाई रहेको छ।

कम्पनीको प्रतिफल र अवस्था?

आजको अवस्थामा सबैभन्दा धेरै शेयरमूल्य भएको राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले विगत १२ वर्षदेखी लाभांश प्राप्त गर्न सकेका छैनन्। कम्पनीले समयमा नै वित्तीय विवरण तयार नगर्दा शेयरधनीले आफ्नो लगानीकर्ताले प्रतिफल प्राप्त नगरेका हुन्।

वित्तीय विवरण समयमा प्रकाशन नगरेको भन्दै नेप्सेले दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेपछि कम्पनी आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको वित्तीय विवरण तयार पर्ने चटारोमा छ।

यता युनिलिभर नेपालले वर्षेनी राम्रो प्रतिफल वितरण गर्दै आएकाे छ। यस कम्पनीले बोनस शेयर भन्दापनि नगद लाभांश वितरणलाई प्राथमिकता दिने गरेको छ। यस कम्पनीले वार्षिक अधिकत्तम १२७० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद लाभांश वितरण गरेको इतिहास छ।

त्यसैगरी, चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनी खुद नाफा २७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा जगेडा कोषमा ३ अर्ब १० करोड र बीमा कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ। प्रतिशेयर आम्दानी १३५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ एक हजार २६३ रुपैयाँ ८८ पैसा छ।

तेस्रो तैमाससम्ममा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको युनिलिभर नेपालको जगेडा कोषमा दुई अर्ब ३६ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर आम्दानी ५६९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ दुई हजार ६६६ रुपैयाँ छ।

अतः दास्रो बजारमा कारोबार हुने कम्पनीहरुमध्ये यी कम्पनीहरुको शेयर, लगानीकर्ताहरुले सोख पुरा गर्नको लागि पनि खरिद गरेर राख्ने गरेको पाइन्छ। कम्पनीले राम्रो प्रतिफल वितरण गर्ने सुनिश्चितता भएपछि लगानीकर्ताले उक्त शेयरलाई लामो अवधिसम्म राख्ने गरेको कारण पनि बजारमा उक्त शेयरको आपूर्तिभन्दा माग धेरै हुने गरेको छ।

युनिलिभर नेपालको ९ लाख २० हजार ७०० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छ। राष्ट्रिय बीमा कम्पनीको कुल २६ लाख ६६ हजार ३६५ कित्ता शेयर सूचीकृत रहेकोमा तीन लाख २६ हजार ६२९ कित्ता शेयर मात्र सर्वसाधारण तर्फको रहेको छ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।