शुक्रबार थपिए ६६५३ कोरोना संक्रमित, १०१ जनाको मृत्यु

Jun 04, 2021 05:51 PM Merolagani



 नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । 

२० हजार ८१३ जनाको पिसिआर र एन्टिजेन परिक्षण मार्फत सो सङख्यामा कोरोना संक्रमित भेटिएको हो ।

योसँगै नेपालमा पाँच लाख ८१ हजार ५६० जनामा कोरोना संक्रमित पुगेका छन् । भने शुक्रबार कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ भने २४ घण्टामा कोराना मुक्त भएर आठ हजार ६ सय ६३ जना घर फकिएका छन् ।

यो सँगै नेपालमा चार लाख ७६ हजार १३० जना कोरोना मुक्त भएका छन् ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।