साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कम्पनी विश्लेषण

Jun 05, 2021 06:02 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये महँगो शेयरमूल्य भएका कम्पनीहरुको सूचीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) पनि एक हो। पछिल्लो समय यस कम्पनीमा दोस्रो बजारका लगानीकर्ताहरुको विशेष आकर्षण देख्न सकिन्छ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ५२ लाख ९९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ लाख १३ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल मुनाफा घटेको छ। यद्यपि, ब्याज खर्च घटेका कारण कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको छ।

सो अवधिसम्ममा कम्पनीले ५ अर्ब ८९ करोड १४ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। त्यसैगरी, उसको बिक्री लागत ५ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ३४ करोड २ लाख रुपैयाँबाट घटेर ३१ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५३ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ४२१.२५ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु ७८४ रुपैयाँ ६६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो १४.१५ गुणा रहेको छ। कम्पनीको आरओई ३.३६ प्रतिशत रहेको छ।

गत साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५४.७६ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा कम्पनीको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

नेप्सेमा १९ लाख २० हजार २४६ कित्ता शेयर सूचीकृत रहेको यस कम्पनीको गत बिहीबार ११ हजार १०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २१ अर्ब ३१ करोड ४७ लाख ३० हजार ६०० रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो १८० दिनेको औषत मूल्य ९ हजार ५ रुपैयाँ ७२ पैसा रहेको छ। त्यसैगरी, पछिल्लो ५२ हप्ताको उच्च मूल्य १३ हजार ३१७ रुपैयाँ रहेको छ भने न्यून मूल्य २ हजार ४९२ रुपैयाँ रहेको छ।

यस साता कम्पनीको शेयरमूल्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता ११ हजार ७५० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ११ हजार १०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार यस साता कम्पनीको शेयरमूल्य ६५० रुपैयाँ घटेको छ।

यस अनुसार आगामी दिनमा कम्पनीको शेयरमूल्य उकालो लागेमा १३ हजार रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा १० हजार रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्ला दिनमा कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिदै गएको छ। यसले कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

शेयरमूल्यसँगै कम्पनीको भोल्यूममा पनि घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा ३ हजार ३८७ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, कम्पनीको पछिल्लो २० दिनेको औषत भोल्यूम ३ हजार ८१४ कित्ता रहेको छ। कम्पनीको दैनिक औषत भोल्यूम २० दिने औषत भोल्यूमको तुलनामा ११.१९ प्रतिशत कम हो।

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्ने अपेक्षामा खरिद गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेष आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।