कुमारी बैंकका ग्राहकलाई टेलेउपचारको सेवामा १० प्रतिशत छुट

Jun 06, 2021 10:55 PM Merolagani



कुमारी बैंक तथा टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ ।

यस सम्झौता अन्तर्गत कुमारी बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिने बताइएको छ ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ ।

अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैंकका ग्राहकले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा कुमारी बैंक लिमिटेड विश्वस्त रहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।