युनियन हाइड्रोपावरको साधारण सभा आव्हान

Jun 07, 2021 02:44 PM Merolagani



युनियन हाइड्रोपावर लिमिटेड (UNHPL) ले १३ औं र १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीले असार २५ गते बिहान ११ बजे आव २०७५/२०७६ र आव २०७६/०७७ को साधारण सभा डोकेको हो।

जेठ २३ गतेको सञ्चालक समितिले सो निर्णय गरेको हो। कम्पनीले यी दुबै आर्थिक वर्षबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी अझै ७ करोड ४२ लाख रुपैयाँले जगेडा कोष नोक्सानीमा रहेकाले आगामी आवबाट समेत लाभांश वितरण गर्नसक्ने अवस्था देखिँदैन।

सभाले सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले असार १५ गते बुकक्लोज गर्ने भएको छ। बुकक्लोज भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन पाउनेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।