६९५१ संक्रमण मुक्त हुँदा ४४७२ जना नयाँ संक्रमित थपिए, ९२ को मृत्यु

Jun 07, 2021 05:50 PM merolagani



पछिल्लो २४ घण्टामा थप ४४७२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै विगत केही दिनदेखि कोरोना भाइरस संक्रमित भन्दा निको हुने दर धेरै हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ।  बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो । 

सोमबार कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ७ हजार ९९० जनाको मृत्यु भएको छ भने ५ लाख ९१ हजार ४९४ कोरोना संक्रमित पुगेको छ । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।