हिमालयन उर्जाको नाफामा गिरावट

Jun 08, 2021 08:43 AM Merolagani



हिमालयन उर्जा विकास कम्पनी (HURJA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ लाख ३५ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको अन्य आम्दानी घटेसँगै खुद नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५५ लाख ६ हजार रुपैयाँबाट घटेर १० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको प्रशासनिक खर्च १२ लाख ६० हजार रुपैयाँबाट घटेर १ लाख १७ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी ४३ पैसाबाट ९ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ पैसा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २४ पैसा रहेको छ।

९९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।