हिमाल दोलखा हाइड्रोपावरको नाफा ११ लाख, प्रतिशेयर आम्दानी कति?

Jun 08, 2021 09:58 AM Merolagani



हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (HDHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ। यससँगै कम्पनीको कुल आम्दानी ९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा ९ करोड ४१ लाख ८४ हजार रुपैयाँ रहेको छ।

१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोष २२ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा रहेको छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।