एलआईसी नेपालको बोनस शेयर नेप्सेमा सूचीकृत

Jun 08, 2021 01:23 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल (LICN) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनन नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।