पछिल्लो २४ घण्टामा थपिए ५१५३ जना नयाँ कोरोना संक्रमित, १०८को मृत्यु

Jun 08, 2021 05:18 PM merolagani



पछिल्लो २४ घण्टामा थप ५१५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ । मंगलबार १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ भने ५ लाख ४५ हजार ३० जना निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको मन्त्रालयले जनाएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।