एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तराष्ट्रिय कल शुल्क

Jun 08, 2021 05:31 PM merolagani



एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ ।

एनसेलले नयाँ शुल्कहरु नियामक नेपाल दुरसञ्चार प्राधिकरणले दिएको स्वीकृत बमोजिमनै कल दर निर्धारण गरिएको हो ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली,माल्टा, जर्मनी,ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो ।

प्राधिकरणबाट स्वीकृति पाएसँगै सँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कलशुल्क अब अरु सेवाप्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तरराष्ट्रिय कलशुल्क अनुसार १८ वटा देशहरुको शुल्क कर बाहेक प्रतिमिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कलशुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो ।

अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवाप्रदायकले लिने शुल्कभन्दानिकैनै कम रहेको छ ।

प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट रु ३० रहे पनि कल गरिने गन्तव्यदेश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।