सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारण सभा

Jun 09, 2021 09:39 AM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

कम्पनीले असार १० गते तीनकुने स्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा बिहान ११ बजे विशेष साधारण सभा डाकेको हो। सो सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सोको बोनस शेयरको कर प्रयोजनार्थ १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।