सिईडिबी हाइड्रोपावरको शेयर कारोबार हाई रेन्जबाट खुल्यो, खरिदकर्ताको उच्च चाप

Jun 09, 2021 11:16 AM Merolagani



सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को शेयर कारोबार खुलेको छ । बुधबार देखि कम्पनी शेयर दोस्रो बजारमा कारोबार खुलेको हो ।

कम्पनीको शेयर नेप्सेले प्रदान गरेको ओपिनिङ्ग रेन्जको हाई रेन्जबाट खुलेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४१६ रुपैयाँ कारोबार भएको हो ।

समाचार तयार पार्दा सम्म कम्पनीको ५० कित्ता शेयर ४१६ रुपैयाँमा किनबेच भएर २० हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । कम्पनी करिब ५ लाख कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।

मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।