सिईडिबी हाइड्रोपावरको शेयर कारोबार हाई रेन्जबाट खुल्यो, खरिदकर्ताको उच्च चाप

Jun 09, 2021 11:16 AM Merolagani



सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) को शेयर कारोबार खुलेको छ । बुधबार देखि कम्पनी शेयर दोस्रो बजारमा कारोबार खुलेको हो ।

कम्पनीको शेयर नेप्सेले प्रदान गरेको ओपिनिङ्ग रेन्जको हाई रेन्जबाट खुलेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४१६ रुपैयाँ कारोबार भएको हो ।

समाचार तयार पार्दा सम्म कम्पनीको ५० कित्ता शेयर ४१६ रुपैयाँमा किनबेच भएर २० हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । कम्पनी करिब ५ लाख कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।

मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।