जीवन बीमा कम्पनीहरुको लाभांश प्रस्तावमा किन ढिलाई ?

Jun 09, 2021 01:23 PM Merolagani



निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न थाले पनि जीवन बीमा कम्पनीहरूको लाभांश भने अझै आउने छाँटकाँट देखिएको छैन् । जीवन बीमा कम्पनीहरूलाई एनएफआरएस प्रणाली अनुसार समयमै वित्तीय विवरण तयार पार्न पार्न नसक्दा लाभांश आउन ढिलाई भैरहेको छ ।

परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका जीवन कम्पनीहरूलाई बीमा समितिले आर्थिक वर्ष २०७४/७५ देखि अनिवार्य रूपमा एनएफआरएस प्रणाली लागू गर्दै सोही अनुरूप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो ।

समितिले जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली अनुसार वित्तीय विरण तयार पार्न निर्देशन दिएपछि हरेक वर्ष लाभांश प्रस्ताब गरेर साधारण सभा बोलाउन पनि ढिलाई हुदै आइरहेको छ । एनएफआरएस प्रणाली अनुसार वित्तीय विरण तयार पार्ने दक्ष जनशक्ति (एक्चुअरी) नेपालमा नभएपछि साधारण सभा बोलाउन समेत ढिलाई हुने गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल पनि समयमै वित्तीय विवरण तयार पार्न नसक्दा साधारण सभा बोलाउन ढिलाई भैरहहेको स्वीकार र्गछन् । उनले भने, ‘नेपालमा एक्चुअरीको अभाव छ । त्यसैले बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण तयार पार्न सकिरहेको छैन् । जसले गर्दा जीवन बीमा कम्पनीहरुले साधारण सभा बोलाउन सकिरेको छैन ।’

यस्तै उनले केही जीवन बीमा कम्पनी बाहेक कुनै पनि कम्पनीहरु सैदान्तिक स्वीकृतिको लागि समिति नआएको बताए । ‘तीन चारवटा कम्पनी बाहेक कुनै जीवन बीमा कम्पनीहरु सैदान्तिक स्वीकृतिको समिति आईपुगेको छैन् ।’ सैदान्तिक स्वीकृतिको लागि समितिका वित्तीय विवरण पेश गरेपछि अध्ययन गरेर स्वीकृत गर्न गरिरहेको उनले मेरोलगानीलाई जानकारी गराए ।

अधिकाँस निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेर साधारण सभा सम्पन्न गरिसक्दा पनि जीवन बीमा कम्पनीहरुले एक्चुअरीको अभावममा वित्तीय विवरण समेत तयार पार्न नसकेका हुन् ।

तर प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई भने एनएफआरएसकाे कारणले साधारण सभा बोलाउन ढिलाई भएको अस्वीकार गर्छन् ।  उनले एनएफआरएसको कारणले नभएर लाइफ फण्डको एक्चुरियल भ्यालुएसन गर्नुपर्दा साधारण सभा बोलाउन ढिलाई भएको बताए ।

‘जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ मा थप व्यवस्था भएपछि वित्तीय विरण तयार पारेर साधारण सभा बोलाउन केही ढिलो भैरहरको छ । उक्त निर्देशिका अनुसार लाइफ फण्डको भ्यालुयसन लगायतको केहि प्रावधानले गर्दा वित्तीय विवरण तयार पार्न केहि ढिलो भएको हो ।’ उनले भने ।

यस्तै उनले एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न पनि कठिनाइ नभएको बताए । ‘विगत चार वर्ष देखि हामीले एनएफआर प्रणालीको वित्तीय विवरण तयार पारिरहेका छाैं । त्यस्तो केहि कठिलाई छैन् । पहिला बीमा समितिको निर्देशन अनुसार दुई थरीको वित्तीय विवरण तयार पार्दै आइरहेका थियौं । अहिले एनएफआरएस प्रणालीको मात्रै बनाईरहेका छौं । तस्तो अप्ठोरो केहि छैन् ।’ सबै काम अनलाईनबाट हुने भएकोले वित्तीय विवरण तयार पार्न कुनै समस्या नरहेको उनको भनाई छ ।

जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ को केहि प्रावधानहरुमा बीमा समितिले पनि केहि सहजीकरण गरेको जानकारी गराउदै उनले आगामी दिनहरुमा समयमै वित्तीय विवरण तयार हुने बताए ।

बीमा कम्पनीहरूले तयार पारेकाे  वित्तीय  विवरण बीमा समितिबाट स्वीकृत भएपछि कम्पनी सञ्चालक समितिकाे बैठनले उक्त वर्षकाे लाभांश प्रस्ताव गर्नेछ । 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।