बिक्रीकर्ता हाबी भएपछि ३००० विन्दु माथि पुगेकाे बजारमा अन्त्यमा करेक्सन, ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा काराेबार

Jun 09, 2021 03:49 PM Merolagani



लगातारको वृद्धिपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य करेक्सन देखिएको छ। उच्च दरले बढ्दै आएको बजार बुधबार १३ अंकले घटेको हो। अघिल्लो दिन उच्च दरले बढेको विकास बैंकमा पनि लगानीकर्ताले प्रोफिट बुक शुरु गरेका छन्।

यस दिन नेप्से सूचक १३.५६ अंकले घटेर २९४६ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि २.८३ अंकले घटेको छ।

यस दिन कारोबार रकम भने उच्च नै रहेको छ। बुधबार २२१ वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहका सूचकमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहका सूचक नकारात्मक देखिएका छन्। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ४.४१ प्रतिशतले घटेको छ।

  • कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार कारोबारमा आएका ८ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने रिडी हाइड्रोपावरको ९.९२ प्रतिशत, अरुण भ्यालि हाइड्रोपावर र सिइडिबी हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ।

यता युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.८८ प्रतिशतले घटेको छ भने महिला लघुवित्तको ६.३७ प्रतिशत, गरिमा विकास बैंकको ६.१६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६.१५ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको ५.६५ प्रतिशतले घटेको छ।

 

यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ७९ लाख, नेपाल इन्स्योरेन्सको ५१ करोड, लुम्बिनी विकास बैंकको ४८ करोड र युनाइटेड मोदि हाइड्रोपावरको ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।