संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी, संस्थागत अभिकर्ताले अनलाइन मार्फत कारोबार गर्न सकिने

Jun 09, 2021 06:14 PM Merolagani



बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमा ऐन २०४९ को दफ ८ ले दिएको अधिकार प्रयोग गर्दे निर्देशिका जारी गरेको छ ।

समितिले बीमा वितरण प्रणालीको महत्वपूर्ण हिस्साको रुपमा रहेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी व्यवस्था गरी बीमा व्यवस्थालाई प्रवद्र्धन गर्न थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गरेको जनाएको छ ।

निर्देशिका अनुसार संस्थागत अभिकर्ताको अनुमति लिनको लागि अभिकर्ताको मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तीमा एक जनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संञ्चालन गरेको तालिममा सहभागी भई प्रमाणपत्र लिएको हुनु पर्नेछ ।

यस्तै अधिकर्ता सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्पनीमा न्युनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण भएको हुनुपर्नेछ ।

अभिकर्ताको प्रबन्धपत्र, नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भइ कार्य गर्ने हो ? त्यसको भने उल्लेख भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

संस्थागत अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्न सकिने व्यवस्था गरेको छ । विद्युतिय प्रणाली मार्फत बीमाशुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फारा मभर्न सहयोग गर्न, बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुन बीमा गर्नुपरेमा सहयोग गर्ने, बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउने र बीमा समितिले समय समयमा तोकिए बमोजिम अन्य कार्यहरु गर्न पनि सकिनेछ ।

संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ काे पुर्ण पाठ यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ । 

 





असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।