संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी, संस्थागत अभिकर्ताले अनलाइन मार्फत कारोबार गर्न सकिने

Jun 09, 2021 06:14 PM Merolagani



बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमा ऐन २०४९ को दफ ८ ले दिएको अधिकार प्रयोग गर्दे निर्देशिका जारी गरेको छ ।

समितिले बीमा वितरण प्रणालीको महत्वपूर्ण हिस्साको रुपमा रहेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी व्यवस्था गरी बीमा व्यवस्थालाई प्रवद्र्धन गर्न थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गरेको जनाएको छ ।

निर्देशिका अनुसार संस्थागत अभिकर्ताको अनुमति लिनको लागि अभिकर्ताको मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तीमा एक जनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संञ्चालन गरेको तालिममा सहभागी भई प्रमाणपत्र लिएको हुनु पर्नेछ ।

यस्तै अधिकर्ता सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्पनीमा न्युनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण भएको हुनुपर्नेछ ।

अभिकर्ताको प्रबन्धपत्र, नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भइ कार्य गर्ने हो ? त्यसको भने उल्लेख भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

संस्थागत अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्न सकिने व्यवस्था गरेको छ । विद्युतिय प्रणाली मार्फत बीमाशुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फारा मभर्न सहयोग गर्न, बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुन बीमा गर्नुपरेमा सहयोग गर्ने, बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउने र बीमा समितिले समय समयमा तोकिए बमोजिम अन्य कार्यहरु गर्न पनि सकिनेछ ।

संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ काे पुर्ण पाठ यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ । 

 





सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।