एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 10, 2021 08:00 AM Merolagani



हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)  (HIDCL) निष्काशन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ २८ गते एक दिन बुकक्लोज गर्नेछ। सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन्।

२०७५ पुस ३० गते सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।