बैंकहरुको मुद्दति निक्षेप बढ्यो, कुन बैंकमा कति छ मुद्दति निक्षेप?

Jun 10, 2021 03:30 PM Merolagani



वाणिज्य बैंकहरुको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा बढ्न थालेको छ। गत चैत महिनामा ३ प्रतिशतले बढेको बैंकहरुको मुद्दति निक्षेप बैशाखमा पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।

बैंकहरुमा मुद्दति निक्षेप बढ्दा कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा समेत बढेर ४८ प्रतिशतभन्दा माथि पुगेको छ। बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याजदर भने लगातार घट्दो क्रममा देखिएको छ तर पनि मुद्दति निक्षेप भने घटेको छैन्।

बैशाख महिनामा बैंकहरुको कुल निक्षेप संकलन ०.२९ प्रतिशतले मात्रै बढेको अवस्थामा मुद्दति निक्षेप भने २ प्रतिशतभन्दा धेरैले बढेको छ।

केन्द्रिय बैंकको तथ्याँक अनुसार बैशाख अन्तिमसम्म्मा वाणिज्य बैंकहरुले कुल बैशाख अन्तिमसम्ममा ३९ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जसमा ४८.१२ प्रतिशत मुद्दति खातामा रहेको छ। गत चैतसम्म्मा कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ४७.२३ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षको बैशाख सम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ४७.४४ प्रतिशत रहेको थियो। कुल निक्षेपको तुलनामा मुद्दति निक्षेप धेरै बढ्दा मुद्दतिको हिस्सा बढेको हो।

बैंकहरुले मुख्य गरी मुद्दति निक्षेप, बचत निक्षेप, करेन्ट निक्षेप र कल निक्षेप गरी ४ प्रकारका निक्षेप संकलन गर्ने गरेका छन्। बैशाखसम्मा कुल निक्षेपमा साधारण बचतको हिस्सा ३३.९४ प्रतिशत रहेको छ भने करेन्ट डिपोजिट ९.०२ प्रतिशत र कल निक्षेप ७.८१ प्रतिशत रहेको छ। केन्द्रिय बैंकले कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा पछिल्लो समय बेंकहरुले कल निक्षेपको हिस्सा घटाएका छन्।

  • बैशाखसम्ममा कुन बैंकमा कति छ मुद्दति निक्षेप

बैशाख महिनासम्ममा एनआइसि एशिया बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै १ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको पनि १ खर्ब १८ करोड रुपैयाँ र नविल बैंकको पनि १ खर्ब ८२ करोड रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ। अन्य बैंकको मुद्दति निक्षेपमा भने १ खर्ब भन्दा कम रकम रहेको छ।

केन्द्रिय बैंकको तथ्याँक अनुसार कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा सबैभन्दा धेरै हुने बैंकको पहिलो स्थानमा सिभिल बैंक रहेको छ। उसको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ६८ प्रतिशत रहेको छ।

त्यसैगरी सेञ्चुरी कमर्शियल बैंकको मुल निक्षेपमा मुद्दतिको हिस्सा ६५ प्रतिशत, प्राइम कमर्शियल बैंकको ६२ प्रतिशत, नेपाल बंलादेश बैंकको ६१ प्रतिशत, एनसिसि बेंकको ५९ प्रतिशत, कुमारी र सिटिजन्स बैंकको ५८ प्रतिशत, एनआइसि एशियाको ५६ प्रतिशत, मेगा बैंकको ५५ प्रतिशत, माछापुच्छ्रे बेंकको ५३ प्रतिशत, एनएमवि र लक्ष्मी बैंकको ५१ प्रतिशत छ भने सनराइज बैंकको ५० प्रतिशत रहेको छ।

अन्य बैंकहरुको भने यस्तो हिस्सा ५० प्रतिशतभन्दा कम रहेको छ।

सरकारी बैंक अर्थात राष्ट्रिय वाणिज्य बैंकको भने कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा २२ प्रतिशत मात्रै रहेको छ भने नेपाल बैंकको २५ प्रतिशत स्ट्यान्डर्ड चाटर्ड बैंकको २६ प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ४२ प्रतिशत रहेको छ।

  • हेर्नुहाेस कुन बैंकमा कति छ मुद्दति निक्षेपः




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।