ट्विटरको एक नम्बर ट्रेण्डिङ्गमा पुग्यो कोरिया जान रोकिएका युवाको अभियान

Jun 10, 2021 04:19 PM merolagani



कोरियन भाषा पास परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान चलाइरहेका छन् ।

उनीहरुले कोरिया जाने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै सुरूआत गरेको ह्यासट्याग जस्टिस फर ईपीएस पासर (#justiceforepspasser) अहिले ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगेको छ ।


अभियान शुरू गरेको केही दिनमा २७ हजार ७ सयभन्दा बढीले यस ह्यासट्यागमा ट्विट गरिसकेका छन् । पीडित युवाहरूले केही दिनदेखि प्रधानमन्त्री र पराष्ट्रमन्त्रीलाई मेन्सन गरेर ट्विट गर्ने गरेका छन् ।

प्रधानमन्त्रीले गरेका अरु विषयका ट्विटको कमेन्ट बक्समा समेत धेरै ईपीएसपीडित युवाहरूले आफ्नो पीडा पोख्ने गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै कूटनीतिक पहल गरी रोकिएका कामदारहरूको माग पूरा गर्न समेत आग्रह गरेका छन् ।

करिब १० हजारको संख्यामा नेपाली कामदार भाषा परीक्षा पास गरेर पनि कोरिया जान पाएका छैनन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।