एचआईडिसीएलको मूल्य समायोजन

Jun 11, 2021 10:13 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जेठ २८ गते शुक्रबार, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) (HIDCL) को शेयरमूल्य समायोजन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ३४३ रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ५८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

२०७५ पुस ३० गते सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।