पछिल्लो २४ घण्टामा थपिए ३७५० जना कोरोना संक्रमित, ५२२५ जना कोरोना मुक्त हुँदा ६७ जनाको मृत्यु

Jun 11, 2021 05:18 PM merolagani



पछिल्लो २४ घण्टामा थप ३७५० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी शुत्रबार कोरोना संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ । 

त्यस्तै पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ । 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।