पछिल्लो २४ घण्टामा थपिए ३७५० जना कोरोना संक्रमित, ५२२५ जना कोरोना मुक्त हुँदा ६७ जनाको मृत्यु

Jun 11, 2021 05:18 PM merolagani



पछिल्लो २४ घण्टामा थप ३७५० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी शुत्रबार कोरोना संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ । 

त्यस्तै पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ । 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।