सातामा ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jun 12, 2021 02:16 PM Merolagani



यस साता नेप्से परिसूचक ३ प्रतिशत बढेको छ। गत साता २८५६.७६ विन्दुमा बन्द भएको नेप्से यस साता ३.०८ प्रतिशत अर्थात ८८.०२ अंक बढेर २९४४.७८ विन्दुमा पुगेको छ।

नेप्सेले यस साता पनि नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस साताको मंगलबार नेप्से परिसूचक २९६०.१४ विन्दुमा बन्द भएको थियो। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यद्यपि, यस साता बजार ३००० विन्दुभन्दा माथि पुगेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १४.७६ अंक बढेर ५२७.८७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ६.५९ अंक बढेर २०३.८२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.८१ अंक बढेर १७५.२० विन्दुमा पुगेको छ।

यस साता साप्ताहिक कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस साता ७ लाख ८३ हजार ६३९ पटकको कारोबारमा ८३ अर्ब १३ करोड रुपैयाँ बराबरको १७ करोड ५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यो गत साताको तुलनामा १५ अर्ब ३४ करोड रुपैयाँ बढी हो। गत साता नेप्सेमा ६७ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

यस साता नेप्सेको बजार पूँजीकरण १ खर्ब २७ अर्ब रुपैयाँ बढेको छ। गत साताको अन्त्यसम्ममा ३९ खर्ब ६४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता बढेर ४० खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक बढेको छ भने होटल तथा पर्यटन उपसमूहको सर्वाधिक घटेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २५.०१ प्रतिशत बढेको छ। गत साता १९४२.५१ विन्दुमा बन्द भएको वित्त उपसमूहको परिसूचक, यस साता २५.०१ प्रतिशत अर्थात ४८५.९१ अंक बढेर २४२८.४२ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६६४.११ अंक बढेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९४.७७ अंक घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता गुराँस लघुवित्त, वरुण हाइड्रोपावर, १०.३५ प्रतिशत कृषि विकास बैंक ऋणपत्र, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर लगायतका कम्पनी मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, युनिलिभर नेपाल, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, नबिल ब्यालेन्स्ड फण्ड १, रु रु जलविद्युत परियोजना, सनराइज फस्ट म्युचुअल फण्ड लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।