काठमाडौं उपत्यकामा थपियो एक हप्ता निषेधाज्ञा, होम डेलिभरी सेवा सहित पाँच क्षेत्र सञ्चालन गर्न दिइने

Jun 13, 2021 04:37 PM merolagani



काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बिएको छ । जेठ ३१ गतेसम्म लगाइएको निषेधाज्ञा अब असार सात गतेसम्म पुर्याइएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । योसँगै केहि क्षेत्रलाई भने खुल्ला गरिएको छ ।

जसमा अब खाद्यान्न ११ बजेसम्म खोल्न दिइने भएको छ भने अनलाइन डेलिभरी दिने  सेवापनि सञ्चालन हुने पाउने भएका छन ।

त्यसैगरी पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि, कृषि कार्य सञ्चालनलाई खुल्ला गरिएको छ ।

निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।