काठमाडौं उपत्यकामा थपियो एक हप्ता निषेधाज्ञा, होम डेलिभरी सेवा सहित पाँच क्षेत्र सञ्चालन गर्न दिइने

Jun 13, 2021 04:37 PM merolagani



काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बिएको छ । जेठ ३१ गतेसम्म लगाइएको निषेधाज्ञा अब असार सात गतेसम्म पुर्याइएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । योसँगै केहि क्षेत्रलाई भने खुल्ला गरिएको छ ।

जसमा अब खाद्यान्न ११ बजेसम्म खोल्न दिइने भएको छ भने अनलाइन डेलिभरी दिने  सेवापनि सञ्चालन हुने पाउने भएका छन ।

त्यसैगरी पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि, कृषि कार्य सञ्चालनलाई खुल्ला गरिएको छ ।

निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।