आइतबार थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४६को मृत्यु

Jun 13, 2021 05:15 PM merolagani



पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा  आइतबार १२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ भने ३ हजार ९९४ जना संक्रमणमुक्त भएर घर फकिएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।