आइतबार थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४६को मृत्यु

Jun 13, 2021 05:15 PM merolagani



पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा  आइतबार १२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ भने ३ हजार ९९४ जना संक्रमणमुक्त भएर घर फकिएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।