नेपालको आकाशमा विदेशी हवाइ यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन छानिए दुई कम्पनी, कुन कुन परे ?

Jun 14, 2021 12:57 PM merolagani

नेपालको आकाशमा उड्ने विदेशी एयरलाइन्सका यात्रुलले पनि अब १० हजार फिट माथि इन्टरनेट सुविधा लिन सक्ने भएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणको योजना अनुसार नेपालको आकाशमा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराइएको हो ।

अन्य देशको आकाशमा इन्टरनेट सुविधा भएपनि नेपालका आकाशमा भने यो सुविधा थिएन । अब भने विदशी एयरलाइन्सका यात्रुले यस्तो सुविधा लिन सक्ने छन ।

हालै नेपाली आकाशमा इन्टरनेट सेवा उपलब्ध गराउन दुई ओटा कम्पनीले प्राधिकरणबाट स्वीकृती पाएका छन् । केहि महिना भित्रै यी कम्पनीले सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

अनुमति दिइएका दुई कम्पनीमा सीता फर एयरक्राफ्ट र थालस नामका कम्पनी रहेका छन् ।

‘अहिलेसम्म सीता फर एयरक्राफ्ट र थालस कम्पनीले इन्टरनेट प्रयोग गर्न स्वीकृति पाएका छन्,’ प्राधिकरण निर्देशक अम्बर स्थापितले भने,‘ती कम्पनीले  केहि समय अघि मात्रै अनुमति पाएका हुन ।’

अब यी कम्पनीले नेपाल भित्रको फ्रिक्वेन्सी प्रयोग गरी विदेशी हवाइ यात्रुलाई दशहजार फिट माथि पनि इन्टरनेट सेवा दिने जनाइएको छ ।

प्राधिकरणले गत फागुनमा नेपाली आकाशमा इन्टरनेट सेवा दिने घोषणा गरेको थियो । चैतमा निवेदन दिएका यी कम्पनीले लगत्तै अनुमाति पाएका थिए । इन्टरनेट सेवा उपलब्ध गराउन अन्य कम्पनीले भने आवेदन दिएनन् ।

प्राधिकरणले आईकाओ सम्बन्धि सन्धि तथा दूरसंचार ऐन २०५३ को व्यवस्था बमोजिम दशहजार फिट माथिको नेपाली आकाशमा विदेशी एरलाइन्सहरुले पनि दूरसंचार सेवा प्रदान गर्न २ कम्पनीलाई अनुमति दिएको हो ।

अब नेपाली आकाशमा उड्ने विदेशी एयरलाइन्स कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउन यी दुइ सेवाप्रदायकसँगै समन्वय गर्ने छन्। सोहि अनुसार सेवा प्रदायकले प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।

अनुमति पाएका यी कम्पनीले इन्टरनेटसँगै टेलिफोन सेवा पनि उपलब्ध गराउने जनाइएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।