२४ घण्टामा थपिए २९१८ कोरोना भाइरस संक्रमित,५३ जनाको मृत्यु

Jun 14, 2021 05:10 PM merolagani



पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा समोबार १४ हजार ८१९ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २०४९ जना र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । भने ५ हजार १४७जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।