२४ घण्टामा थपिए २९१८ कोरोना भाइरस संक्रमित,५३ जनाको मृत्यु

Jun 14, 2021 05:10 PM merolagani



पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा समोबार १४ हजार ८१९ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २०४९ जना र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । भने ५ हजार १४७जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।