असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

Jun 15, 2021 07:59 AM Merolagani



पछिल्लो समय नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहँदा एनआईसी एशिया क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) निष्काशन गर्न लागेको हो।

सो फण्डको इकाईका लागि असार १० गतेदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको इकाईमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।