युट्युवले रोक्यो मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापन

Jun 15, 2021 01:44 PM merolagani



युट्युवले मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनमा रोक लगाएको छ ।

युट्युवले आफ्नो मास्ट हेडको विज्ञापन स्लटमा मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनलाई स्वीकार नगर्ने भएको हो ।

सोमबारदेखि लागू हुने गरी युट्युवले वेबसाइट तथा एपको सिरानीमा त्यस किसिमका विज्ञापन नदेखाउने जनाएको छ ।

गुगलले प्रयोगकर्तालाई थप राम्रो अनुभव दिन माथिल्लो स्लटमा देखिने विज्ञापनका प्रकारलाई सीमित गरिएको बताएको छ । प्रयोगकर्ताले युट्युव खोल्दा माथि सुरुमा देखिने स्थान नै मास्ट हेड स्लट हो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।