युट्युवले रोक्यो मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापन

Jun 15, 2021 01:44 PM merolagani



युट्युवले मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनमा रोक लगाएको छ ।

युट्युवले आफ्नो मास्ट हेडको विज्ञापन स्लटमा मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनलाई स्वीकार नगर्ने भएको हो ।

सोमबारदेखि लागू हुने गरी युट्युवले वेबसाइट तथा एपको सिरानीमा त्यस किसिमका विज्ञापन नदेखाउने जनाएको छ ।

गुगलले प्रयोगकर्तालाई थप राम्रो अनुभव दिन माथिल्लो स्लटमा देखिने विज्ञापनका प्रकारलाई सीमित गरिएको बताएको छ । प्रयोगकर्ताले युट्युव खोल्दा माथि सुरुमा देखिने स्थान नै मास्ट हेड स्लट हो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।